Sunday, March 6, 2016

भारतले गर्यो फेरी नाकाबन्दि

बिराटनगर फागुन २४
भारतले आबश्यकता अनुशार ग्यास नदिदा पूर्वमा फेरी ग्यास अभाव भएको छ।  भारतको प्लान्टले नेपाली ग्यास बुलेट  पाछि ग्यासको अभाव भएको ग्यास बिक्रेता महासंघ मोरङ क अध्यक्ष तेजराज श्रेष्ठ ले बताए।  श्रेष्ठ का अनुशार माग अनुशार ग्यास उपलब्ध नगराउद अभाव निकै बढेको छ।  पहिले दैनिक ७० सिलिन्डर ग्यास पाउने डिलर ले अहिले  ३ दिनमा ७० सिलिन्डर ग्यास पाइरहेका छन्।


पूर्व तिर ग्यास बिक्रीवितरण गर्दै आइरहेको मारुती ग्यासक व्यवस्थापक रामकुमार श्रेष्ठका अनुसार बरौनी डिपोले कोटा अनुशार ग्यास नदिदा अभाव चुलियको हो।  श्रेष्ठका अनुशार दैनिक ३० सिलिन्डर बुलेट ग्यास लोड गर्ने बरौनी डिपोले अहिले जम्मा १० बुलेट मात्रै लोड गर्दै आइरहेको छ जसले गर्दा ग्यास अभाव चुलिएको छ। तर भारले भने ग्यास उत्पादन कम हुदा नेपाल मा ग्यास कटौती गरेको जनायको छ। 

संभिधान जारि पश्चात असन्तुस्टी जनाउदै भारतले गरेको नाकाबन्दी का करण अभाव भएको इन्धन देशै भरि अझै सहज हुन सकेको छैन।

No comments:

Post a Comment